आज अपरान्हमा नेकपाको केन्द्रीय सचिवालय बैठक बस्दै

मंसिर १, काठमाडौँ ।  आईतबार अपरान्हमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । 

पार्टी एकता तथा सरकार सञ्चालन सम्बन्धी छलफल गर्न प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह ४ बजे बैठकका लागि डाकेका हुन् ।   

यस बैठकको एजेण्डाबारे सचिवालयको सदस्यहरु नै जानकार छैनन् ।   सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालले बैठकको एजेण्डाबारे थाहा नभएको बताए । उने भने   ‘बैठक बस्ने जानकारी आयो तर एजेण्डाबारे जानकारी छैन ।’   

उक्त बैठकमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र उनको उपचार प्रक्रियाका बारेमा पनि छलफल हुने जनाइएको छ  । यस अघि नेकपाको उच्च नेताहरुसँग अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको जिम्मेवारी हेरफेर गर्ने विषयमा बैठक बसेपनी ठोस निर्णय भने हुन् सकेन् ।   

शनिबारमात्र तेस्रो पटक डायलासिस गरेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको उपचारका लागि बाहिर जाने विषयमा परामर्श भइरहेका बेला केन्द्रीय सचिवालयको बैठक बस्न लागेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =