६ बच्चा, तीन महिलासहित ९ अमेरिकी नागरिकको हत्या

कार्तिक २०, मेक्सिको । उत्तरी मेक्सिकोमा संदिग्ध ड्रग माफियाको हमलामा ६ बच्चा र तीन महिलासमेत कम्तिमा ९ अमेरिकी नागरिकको मृत्यु भएको छ । 

ती पीडित लुहबारन परिवारका सदस्य थिए जो थुप्रै दशकदेखि मेक्सिकोमा रहेको मोरमान समुदायसँग अलग्गिएर बनेको छ । जानकारीका अनुसार ती पीडित गाडीको कार्केडमा जाँदै थिए । 

मेक्सिकोका सुरक्षा मन्त्रीले यी मानिसहरु गलत निशानामा परेको अनुमान पनि व्यक्त गरेका छन् । उत्तर मेक्सिकोको सिनोरा राज्यमा दुई ड्रग माफियाबीच लडाईं छ । एउटा ‘खुआरेज’ ड्रग माफियासँग जोडिएको ला लिनिआ र सिनालोआ गिरोहका सदस्य ‘लोस चापोस’ बीच लडाईंको स्थिती छ । 

न्यूयोर्क टाइम्ससँगको कुराकानीमा मारिने दुई बच्चाको उमेर एक वर्ष पनि कम भएको आफन्तले बताएका छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीटमा भने, ‘मेक्सिकोले अमेरिकाको मद्दतले ड्रग माफियामाथि कारवाही गरे धर्तीबाट उनीहरुको नाम निशान मेट्ने बेला आएको छ । हामी बस् नयाँ राष्ट्रपतिको एक फोनको प्रतिक्षा गरिरहेका  छौं ।’ 

श्रङ्खलाबद्ध पोस्टमा उनले लेखे, ‘अमेरिका ड्रग माफियाको हिंसाको समस्यासँग लड्न सहयोग गर्न तयार छ । ’ ट्रम्पले यो काम चाँडै नै गर्नुपर्ने बताएका छन् । यस्तै, मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मेक्सिकोले हमलाका लागि जिम्मेवार अपराधीलाई पक्राउ गर्नका लागि स्वतन्त्र तरिकाले कदम उठाउने बताएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =