झुण्डिएको अवस्थामा पुरुषको शव फेला

मंसिर १०, धरान । सुनसरीको धरान स्थित पानबारीको सेउती पुल नजिकै जंगलमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।   

आज (मंगलबार) बिहान १० साढे वन हेरालुले जंगलमा उक्त शव फेला पारेको हो । वन हेरालुले तत्कालै प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो ।   

प्रहरीका अनुसार घटना आसपासमा पासवर्डको फोटोकपी च्यातिएको अवस्था फेला परेको छ । सो पासवर्डमा नर बहादुर गुरुङ, ठेगाना संखुवासभा लेखिएको छ ।   

घटना स्थलदेखि दक्षिणी क्षेत्रमा जिन्सको ज्याकेट, खुकुरी चुरोट, सामसुङ मोबाइल छरिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।   

मृत व्यक्ति असारेको बोटमा जुताको तुनाले घाँटीमा झण्डिएको अवस्था छन् ।घट्ना स्थालमा पानबारी चौकी प्रहरी , इलाका प्रहरी कार्यालय धरानको प्रहरी पुगेर मुचल्का उठाएर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *