हरर फिल्ममा दीपिका

कार्तिक २०, भारत । बलिउड अभिनेत्री दीपिका पादुकोणले हरर फिल्म साइन गरेकी छिन् । उनी पहिलो पटक हरर फिल्ममा देखिदैछिन् । उनले साउथ अभिनेत्री अनुष्का शेट्टीको तेलुगू फिल्म ‘अरुन्धती’ को हिन्दी रिमेक गर्न लागेकी हुन्। 

अरुन्धतीमा अनुष्काले कालो जादु र तन्त्र मन्त्रको दुनियाँमा पाइला राखेकी थिइन् भने यसको रिमेकमा दीपिका देखिनेछिन् । यो फिल्मको हिन्दी रिमेक राइट्स खरिद गरिसकेको छ । उनी चाँडै अभिनेता रणवीर सिंहको फिल्म ‘८३’ मा देखिँदैछिन् । 

त्यस्तै, दीपिकाले एसिड आक्रमणमा परेकी युवतीको कहानीमा आधारित फिल्म ‘छपाक’को छायांकन सकेकी छिन् । उनले हालै ‘महाभारत’ फिल्म पनि साइन गरेसकेकी छिन् । एजेन्सी 

Related image

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *