आजको पञ्चाङ्ग र तपाईँको यो साताको राशिफल, शुभरङ्ग र अंकसहित

कात्तिक २३, काठमाडौँ । वि.सं. २०७६ कात्तिक २३। शनिबार। इ.स. २०१९ नोभेम्बर ९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष।  

द्वादशी, १४:२५ उप्रान्त त्रयोदशी। नक्षत्र– उत्तरभाद्रपदा, १५:४४ बजेउप्रान्त रेवती। योग– हर्षण, ११:५७ बजेउप्रान्त वज्र। करण– वालव, १४:२५ बजेदेखि कौलव, २७:२४ बजेउप्रान्त तैतिल। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मीन।  

काठमाडौंमा सूर्योदय– ६:२१ बजे, सूर्यास्त– १७:१३ बजे र दिनमान २७ घडी १ पला। पञ्चक। शनि–प्रदोष व्रत। मन्वादि। चाँगुनारायण अखण्ड दीपदर्शन। रुरु-रिडी क्षेत्रमा हृषीकेश रथयात्रा। 

null

तपाइको यो सप्ताह 

मेषयो साता मनमा वैराग्यको भावना पलाउन सक्छ । व्यवसायमा मन्दी आउनेछ । सोमवारबाट मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सिन्दुरे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । 

वृषयो साता धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

मिथुनधर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग नीलो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यानगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

कर्कटसुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ रोकिएको धन हातापनि पर्न सक्छ । । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । 

सिंहताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जीवनसाथी संग राय बाजिनेछ । कार्मक्षेत्रपनि घर्षशील रहनेछ । विहिवारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । 

कन्यायो साता सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्राको योग रहेको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वाहन लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग आकासे नीलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । 

तुलायो साता धार्मिक,सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

वृश्चिकयो साता आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्नेछन । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । यो साताका लागि शुभअङ्क ४,७ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको भगवानको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

धनुताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । सामान हराउने वा चोरी हुने भयछ । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग रातो वा घ्युरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व कालभैरवको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

मकरचिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । परिवारमा मायामा कमी आउने छ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । 

कुम्भराजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । वाहन लाभको योगपनि छ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तला वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । 

मीनयो साता फलदायी रहनेछ र शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्राको योगपनि रहेको छ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *