विमान चढ्न लाग्दा लगेजको तौल बढी भएपछी यी महिलाले लगाईन् गजबकाे उपाय (भिडियाे सहित)

कार्तिक २० ।  फिलिपिन्सकी एक महिला विमान चढ्न लागेकी थिइन् । विमान चढ्ने बेला उनको लगेजको तौल जाँच गर्दा निर्धारित न्यूनतम तौलभन्दा २ किलो बढी पाइयो । 

महिलाले त्यो बढी भएको २ किलोको लागि अतिरिक्त शुल्क तिर्नुपर्ने भयो । अतिरिक्त शुल्क तिर्नुपर्ने भएपछि महिलाले गजबको आइडिया लगाइन् । उनले बढी भएको तौल बराबरका कपडा आफैंले लगाइन् र लगेजको तौल घटाएर विमानमा यात्रा गरिन् । गेल रोड्रिग्वेज नामकी यी महिला केही दिनअघि मनिला विमानस्थलबाट विमान चढ्न लागेकी थिइन् । 

यहाँ उनको लगेजको तौल बढी भएपछि उनले बढी भएका कपडाजति आफैंले लगाइन् । उनको फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । केहीले उनको आइडियाको तारिफ पनि गरिरहेका छन् । 

गेलका अनुसार चेक इनका क्रममा उनको लगेजको तौल ९ किलो थियो । विमानमा ७ किलोसम्म तौलको लगेज निःशुल्क लैजान पाइन्थ्यो, त्योभन्दा बढी भए अतिरिक्त शुल्क तिर्नुपर्थ्याे  ।अतिरिक्त शुल्क तिर्नुपर्ने भएपछि उनले ब्यागबाट कपडा निकालेर एउटामाथि अर्को कपडा लगाउन थालिन् । 

आफ्नो सामानको तौल २ किलो मात्र बढी भएकोले उनले अतिरिक्त शुल्क तिर्न नचाहेको बताइन् । गेलका अनुसार उनले ब्याग खोलेर टिशर्ट, पाइन्ट र ज्याकेटहरु निकालेर लगाइन् । तीमध्ये केही कपडा चिसै थिए । त्यसपछि जब उनको लगेजको फेरि तौल जाँच गरियो त्यसको तौल साढे ६ किलो मात्र पाइयो । 

लगेज बढी भएपछि लगेजमा भएका कपडा यात्रुले आफै लगाएको यो पहिलो घटना भने होइन । केही समय अगाडी स्कटल्यान्डका एक व्यक्तिले आफ्नो लगेजमा भएका १५ वटा टिर्सट आफैले लगाएर बढी शुल्क तिर्नबाट मुक्त भएका थिए । उनले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियो त्योबेला निकै भाइरल भएको थियो । एजेन्सी 

यस्तो थियो उनको भिडियो 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *