कम्प्युटर एशोसिएशन नेपाल महासंघ निर्वाचनः नवराज कुँवर नेतृत्वको प्यानल घोषणा, यस्ता छन् प्रतिबद्धता

कार्तिक २६, काठमाडौं । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान फेडरेशन) को १३ औं कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी नवराज कुवँरको प्यानल घोषणा गरिएको छ ।   

आज (मंगलबार) राजधानीमा आयोजित एक कार्यक्रमका बिच संस्थालाई गतिशील,  सुधारोन्मुख र समावेशी बनाउनका लागि कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको ४१ सदस्यीय उम्मेद्वारी घोषणा गरिएको हो ।   

कार्यक्रममा आफ्ना उम्मेद्वारहरु घोषणा गर्दै नवराज कुवँरले आफ्नो टिमले क्यान महासंघका सदस्यहरुको हकहितका लागि सरकारसँग सहकार्य तथा समन्वय गर्न सूचना प्रविधि क्षेत्रको विकासका लागि हातेमालो गर्ने, राष्ट्रिय एजेण्डामा सहकार्य तथा सम्झौता गर्ने र व्यवसायिक तथा राष्ट्रिय हितका विषयमा खबरदारी गर्ने प्रतिबद्धता जनाए ।   

सूचना प्रविधिसम्बन्धी सामान एवम् सेवा आयात र निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटी सञ्चालनमा रहेको अव्यवहारिक कर नीतिलाई सरकारसँग छलफल गरी समाधान गर्न पहल गरिने उनको भनाइ छ ।   

साथै उनले केन्द्र र सातै प्रदेशमा क्यान महासंघको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने कार्य अगाडी बढाउने दाबी गरे ।   

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले लामो राजनीतिक उथलपुथलपछि देशले स्थिरता पाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आइटी क्षेत्रले प्राथमिकता पाएको उल्लेख गरे ।   

‘सम्माननीय प्रधानमन्त्रीज्यूको एउटा नारा छ, समृद्ध नेपाल सुखी नेपाली । यसमा ९९ प्रतिशत योगदान भनेको सूचना प्रविधि नै हो । प्रधानमन्त्रीज्यूले पनि यो कुरा बुझ्नु भएको छ । त्यसकारण उहाँले आफ्नो सल्लाहकारहरुको सूचना प्रविधिसम्बन्धी सल्लाहकार पनि समावेश गर्नुभएको छ’, उनले भने ।   

उक्त क्षेत्रको बेथितीलाई नियन्त्रणमा लिनका लागि प्रधानमन्त्री एकदमै गम्भीर रहेको स्पष्ट पार्दै सल्लाहकार अलीले त्यही अनुसार अबको नेतृत्वले टेक्नोलोजी क्षेत्रको विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।   

कुवँर हाल संस्थाका वरिष्ठ उपाध्यक्ष हुन् । उनको संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने रहेका छन् भने संस्थागत आजिवन समूहबाट डा. पवन कुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल उम्मेद्वार रहेका छन् ।   

त्यस्तै व्यक्तिगत आजिवन समूहबाट प्रा.डा शुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी रहेका छन् भने व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल र दिनेशराज कार्कीले उम्मेद्वारी दिएका छन् ।   

त्यसैगरी वस्तुगत सदस्य समूहबाट नारायण बहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी र प्रताप सापकोटाको उम्मेद्वारी रहेको छ भने लेखा समितिमा लक्ष्मण यादव (संस्थागत सदस्य समूह), हृदयमान श्रेष्ठ (व्यक्तिगत सदस्य) र भिमसेन गिरी (जिल्ला शाखा) कुवँरको प्यानलमार्फत् चुनावी मैदानमा आएका छन् ।   

जिल्ला शाखा समूह अन्तर्गत प्रदेश नं. २ बाट दिपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठ, प्रदेश नं ३ बाट शेखरनाथ दुलाल र भानु शर्मा, गण्डकी प्रदेशबाट अशोकबाबु राना, प्रदेश नं. ५ बाट रेशम गिरी र ध्रुवराज शर्मा (सुदीप), कर्णाली प्रदेशबाट दलबहादुर खड्का र भीम मल्लले उम्मेद्वारी दिएका छन् भने सुदूरपश्चिम प्रदेशबाट हर्क सेठ्ठी र खेमराज ढुंगाना छन् ।   

प्रदेश नं. १ बाट २ जना र गण्डकी प्रदेशबाट एक जनाको उम्मेद्वारी आउन बाँकी रहेको र भरेसम्म आइपुग्ने कुवँर समूहले जनाएको छ ।  

यस्ता छन् प्रतिबद्धता 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =