भलिवलमा अन्तराष्ट्रिय उपाधि ल्याउने खेलाडी जनही ३ लाख नगद सहित सम्मानीत

मंसिर १०, काठमाडौं । सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई सम्मानित गरेको छ । मंगलबार नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले जनही ३ लाख रूपैंया नगद सहित सम्मान गरे । 

ऐतिहासिक उपाधि जितेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको क्रममा १३ औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले च्याम्पियन टोलीका प्रत्येक सदस्यलाई जनही ३–३ लाख रुपैया उपलब्ध गराउन सरकारसँग पहल गरिने बताएका थिए । 

सोही अनुसार सरकारले टोलीलाई नगदसहित सम्मानित गरेका हुन् । सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्य छन् । 

Image result for भलिबलमा

नेपालले कात्तिक २८ गते बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने क्रममा एकपक्षीय नतिजा निकालेको थियो । फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो । नेपाली टोली अब १३ औं सागको तयारीमा छ । 

सोही सम्मान कार्यक्रमपछि नै प्रधानमन्त्री शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *