आज २१ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कात्तिक २१, काठमाडौँ । आज मिति २०७६ साल कात्तिक महिनाको २१ गते बिहीबार, तदअनुसार नोभेम्बर महिनाको ७ तारिख २०१९ । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। दशमी, १०:१० उप्रान्त एकादशी। नक्षत्र– शतभिषा, १०:३२ बजेउप्रान्त पूर्वभाद्रपदा।  

योग– ध्रुव, १०:५१ बजेउप्रान्त व्याघात। करण– गर, १०:१० बजेदेखि वणिज, २३:१३ बजेउप्रान्त भद्रा। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:१९ बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २७ घडी ८ पला। पञ्चक। वलम्बु महालक्ष्मी यात्रा। धादिङको फूलखर्कमा गंगा-जमुना मेला। 

तपाईँको आजको राशिफल   

null

मेष 

चु, चे, चो, ला, लि, लु, ले, लो, अ-धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । 

मिथुन 

का, कि, कु, घ, ङ, छ, के, को, हा- काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ । 

सिंह 

मा, मि, मु, मे, मो, टा, टि, टु, टे- लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मनमा खिन्नता बढ्न सक्छ । 

तुला 

रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ । नयाँ कार्यको थालनी हुनेछ । 

धनु 

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । 

कुम्भ 

गु, गे, गो, सा, सि, सु, से, सो, दा-आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूचीपनि बढ्नेछ । 

बृष 

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- अरूलाई प्रभावित पारेर काम बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । 

कर्कट 

हि, हु, हे, हो, डा, डि, डु, डे, डो- महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । कष्टकर यात्रा गर्नुपर्ला । खर्चिलो यात्रा रहला । 

कन्या 

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । 

बृश्चिक 

तो, ना, नि, नु, ने, नो, या, यि, यु- बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछैन । 

मकर 

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- अचल सम्पत्ती हात पर्ने योगछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । 

मीन 

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । अनावश्यक धन खर्चपनि हुनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *