तमोरमा पौडी खेल्दा बगाएर बेपत्ता
मकालु खबर
२०७६ कार्तिक २८ गते
कार्तिक २८, धनकुटा । बुधबार पौडी खेल्ने क्रममा धनकुटाको तमोर नदीले बगाएर एक युवालाई बेपत्ता बनाएको छ ।
साथीहरुसँगै अपरान्ह ४ः४५ मा पौडी खेल्न गएका धनकुटा नगरपालिका–८ चुलिवनका २० वर्षीय सोचकुमार राई तमोर नदीले बगाएर बेपत्ता बनाएको हो ।
तमोरको मुलघाट एरियामा साथीहरुसँगै पौडी खेल्दै गरेको उनलाई अचानक नदीले बगाएर बेपत्ता जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीका अनुसार हाल नदीले बगाएर बेपत्ता भएका राईको खोजीकार्य भईरहेको छ ।
मकालु खबर
२०७६ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित