वास्तु शास्त्र अनुसार घरमा यसरी मनी प्लान्ट राखेमात्र शुभफल मिल्ने, नत्र अशुभ हुने

मंसिर ८ ।  वास्तु शास्त्रलाई मान्ने हो भने मनी प्लान्ट अत्यन्त शुभ हो । मानिन्छ कि मनी प्लान्ट राख्नाले धरमा धन आउने मात्र होइन, सुख र समृद्धि पनि मिल्छ । तर, घरमा मनी प्लान्ट राख्दा केही कुराहरुलाई विशेष ध्यान दिनु पर्ने हुन्छ । यी कुराहरुलाई बेवास्ता गर्ने हो भने मनी प्लान्टको खास फल मिल्दैन । तपाईंको घरमा पनि मनी प्लान्ट छ भने यी कुराहरु अपनाउनुहोलाः 

१. वास्तुशास्त्रका अनुसार मनी प्लान्टलाई घरको दक्षिण पूर्व दिशामा राख्नु पर्छ । यसले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्छ । 

२. घरमा मनीप्लान्ट छ भने त्यसलाई इशान कोण अर्थात् उत्तर–पूर्व दिशामा कहिल्यै राख्नु हुँदैन, यसले नकारात्मक प्रभाव पार्छ । 

Image result for मनी प्लान्ट

३. वास्तुशास्त्रका अनुसार घरबाहिर त बिर्सेर पनि मनीप्लान्ट लगाउनु हुँदैन । घरभित्र कुनै बोतल तथा गमलामा मनीप्लान्ट लगाउन सकिन्छ तर यसलाई घाम पर्ने ठाउँमा राख्नु हुँदैन । 

४. मनीप्लान्ट हरियो हुनु आवश्यक हुन्छ । त्यसैले यसका मुर्झाएका तथा पहेँला पातहरुलाई निकाल्नु पर्छ । 

६. मनी प्लान्टलाई पानीमा राख्यो भने थप राम्रो हुनसक्छ । 

७. मनी प्लान्टलाई भुइँमा घस्रिएर होइन, माथि फैलाएर जाने वातावरण बनाउनु पर्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *