आज कस्तो होला तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

कात्तिक २२, काठमाडौँ । वि.सं. २०७६ कात्तिक २२। शुक्रबार। इ.स. २०१९ नोभेम्बर ८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। एकादशी, १२:१८ उप्रान्त द्वादशी। नक्षत्र– पूर्वभाद्रपदा, १३:०९ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– व्याघात, ११:२५ बजेउप्रान्त हर्षण। करण– भद्रा, १२:१८ बजेदेखि वव, २५:२२ बजेउप्रान्त वालव।  

आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– कुम्भ, ६:३० बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:२० बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २७ घडी ४ पला। पञ्चक। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह। भीष्मपञ्चक आरम्भ। सुनसरीस्थित बराहक्षेत्रमा धार्मिक मेला सुरु। खोटाङको बराहपोखरीमा मेला। 

आजको राशिफल 

null

मेष 

चु, चे, चो, ला, लि, लु, ले, लो, अ- जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । 

मिथुन 

का, कि, कु, घ, ङ, छ, के, को, हा- अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । 

सिंह 

मा, मि, मु, मे, मो, टा, टि, टु, टे -मनमा दुविधा उत्पन्न हुनेछ । आत्मबलमा कमी आउनेछ र निर्णयपनि कार्यान्वयन हुन सक्दैनन् । शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । 

तुला 

रा, रि, रु, रे, रो, ता, ति, तु, ते- सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । 

धनु 

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेममा मनमुटाव आउनेछ । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । 

कुम्भ 

गु, गे, गो, सा, सि, सु, से, सो, दा आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पढाइमा प्रगति हुनेछ । 

बृष 

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । 

कर्कट 

हि, हु, हे, हो, डा, डि, डु, डे, डो- लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । 

कन्या 

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयमेग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । 

बृश्चिक 

तो, ना, नि, नु, ने, नो, या, यि, यु-पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । दैनिक कार्यमा प्रगती हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । 

मकर 

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । 

मीन 

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *