अवैध रुपमा ल्याइएको धुप प्रहरीको नियन्त्रणमा

मसिंर १०, विराटनगर । अवैधरुपमा ल्याउँदै गरेको सल्लाको धुप र प्लाष्टिकका सामान प्रहरीले बरामद गरेको छ । आईतबार बेलुका  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी टोलीले उक्त सामान बरामद गरिएको हो । 

विराटनगर महानगपालिका १४ स्थित जतुवा नहरमा सल्लाको धुप १ सय ७५ केजी र प्लाष्टिकको थाल, गिलास, बटुका लगायतका सामान अनुमानित ४१ हजार ८ सय ८० बराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार खिउजुले जानकारी दिए । 

उनका अनुसार बरामद भएका सामान आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =