धरानमा दियालो सांगीतिक साँझ हुँदै

कात्तिक २३, धरान । टोल सुधार तथा सभ्य समाज निर्माणका लागि यहि कार्तिक ३० गते धरान ५ तल्लो देउरालीमा ‘सातौं दियालो सांगीतिक साँझ’ हुने भएको छ । 

२०६९ सालमा तल्लो देउरालीमा स्थापना भएको दियालो समाजको आयोजनामा सांगीतिक साँझ हुन लागेको हो ।   

सांगीतिक साँझमा चर्चित गायक शिब थापा मगर, प्रयत्न श्रेष्ठ, द हार्मोनिक ब्याण्ड, सिग्नेचर ब्याण्ड र गरिमा डान्स सेन्टर लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जनाएको छ । 

समाजका अध्यक्ष बीबी राईले समाजका लागि केही गरौं भन्ने उद्देश्य सहित हरेक वर्ष सांगीतिक कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा लागि देश विदेशबाट सहयोग जुटिरहेको समेत राईले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *