मोरङको बुढिगंगामा प्राथमिक उपचार केन्द्र र आरो वाटर सिस्टम सञ्चालन

  

कात्तिक २४, विराटनगर ।  मोरङको बुढिगंगा गाँउपालिका ८ मा प्राथमिक उपचार केन्द्र भवन साथै शुद्ध पिउने पानीको लागि आरो वाटर सिस्टम सञ्चालनमा आएको छ ।   

विराटनगर प्लेटिनम राउण्ड टेबल ११, राउण्ड टेबल अष्ट्रिया फाउन्डेसन र विराट मेडिकल कलेज शिक्षण अस्पतालले संयुक्त रुपमा बुढिगंगा गाँउपालिका निमुवास्थित सरस्वती सदन स्कुलमा प्राथमिक उपचार केन्द्र भवन र आरो वाटर सिस्टम सञ्चालनमा ल्याएका हुन् ।   

उक्त भवन र वाटर सिस्टमको शनिबार एक कार्यक्रमको आयोजना गरि बुढिगंगा गाँउपालिकाका मेयर बलचन्द्र माझी, विराट मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिं कार्की र राउण्ड टेवल अन्तर्राष्ट्रियका सचिव मार्क जर्मिसिउसनले संयुक्तरुपमा उक्त भवन र आरो वाटरको उद्धघाटन गरेका थिए ।   

कार्यक्रममा बोेल्दै बुढिगंगा गाँउपालिकाका मेयर बलचन्द्र माझीले  विराट मेडिकल कलेज शिक्षण अस्पताल र राउण्ड टेबल ११ को सहकार्यमा भएको समाजिक कामको प्रशंसा गरे ।   

त्यस्तै कार्यक्रममा अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमान सिं कार्कीले विद्यार्थीहरु साथै आमजनता कोही पनि शिक्षा र स्वास्थ्यबाट बञ्चित हुन नपरोस भनेर विराट मेडिकल कलेज शिक्षण अस्पतालले प्राथमिक उपचार केन्द्र भवन निर्माणमा सहयोग गरेको बताए ।   

इर्मजेन्सी वार्डमा ५ वटा शैया रहेको उक्त प्राथमिक उपचार केन्द्रमा विराट मेडिकल कलेज शिक्षण अस्पतालका एक जना मेडिकल अफिसर र एक जना नर्सले सेवा प्रदान गर्नेछन् ।  

बुढिगंगा गाँउपालिकाबासीहरुले सहज रुपमा स्वास्थ्य उपचार पाउन् भन्ने उद्देश्य आफूहरुको रहेको राउण्ड टेवलका पूर्व केन्द्रीय अध्यक्ष दीवाकर राठीले बताए ।   

उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका जटिल बिरामीहरुलाई विराट मेडिकल केलेजले रोग हेरेर छुटको व्यवस्था गर्ने कलेजका अध्यक्ष डा.कार्कीले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *