क्यानडामा ऋषी धमला र एलिजाको घुमफिर (तस्विरहरू)

कात्तिक १५, काठमाडौं । चर्चित पत्रकार ऋषी धमला यतिबेला ससुराली क्यानडामा छन् । छोरीको हातको उपचार सुरु गर्नुपर्ने भएकोले तिहारको मुखमा क्यानडा गएका ऋषी धमलाले श्रीमती एलिजासँग रोमान्टिक मुडमा फोटो खिचेका छन् ।   

तिहारमा बहिनीको हातबाट टिका लगाउन छाडेरै क्यानडा उडेका ऋषी र एक महिना अघि नै क्यानडा गएकी एलिजालाई ऋषीले किस खाएका छन् । एलिजाको फेसवुकमार्फत सार्वजनिक तस्विरमा ऋषी श्रीमतीसँगै छोरीहरु र ससुराली परिवारसँग घुमघाममा नायगरा फल्समा ब्यस्त देखिन्छन् ।   

नेपालमा रहँदा सधैं टाइसुटमा सजिने ऋषी क्यानडामा परिवारसँग जिन्स पेन्ट र टिसर्ट, ज्याकेजमा घुमिरहेका छन् ।   

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषी धमलाका दुई छोरी छन्, जेठी छोरीको एउटा हातको उपचारको तयारीका लागि उनी क्यानडा गएका हुन् । यस अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोल्दै ऋषीले दशैं अगाडी नै क्यानडा जाने तयारी गरेपनि नभ्याइएकोले यस पटक तिहारको टिका नै माया मारेर छोरीको उपचारका लागि क्यानडा जान लागेको बताएका थिए ।   

हेर्नुहोस ऋषी र एलिजाका पोजहरु, तस्विरहरू, एलिजा गाैतमकाे फेसवुकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *