उपमेयरले भनिन, ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ ?’ (भिडियोसहित)

कात्तिक २७, काठमाडौँ । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।   

नायिक सन्चिता लुईंटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक भएको हो । 

चर्चित कविसमेत रहेकी उपप्रमुख पराजुलीको प्रेमप्रधान गीतमा भीम बिसीले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन महाराज थापाको रहेको छ । गायिका सरु गौतमको स्वरमा सजिएको गीतको भिडियो निर्देशन नारायण डिसीले गरेका छन् ।   

प्रेम कटवालको प्रस्तुति रहेको भिडियो उत्सव दाहालले छायाङ्कन र माधव बेल्बासेले सम्पादन गरेका हुन् । 

हेर्नुहोस भिडियो 

https://youtu.be/9bopAwDcLO8 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *