सन्नी लियोनी आउँदैछिन् नयाँ कामसुत्रमा

एजेन्सी । पूर्व पोर्नस्टार सन्नी लियोनी नयाँ चलचित्रमा देखा पर्नेभएकी छिन् । रागिनी एमएमएस–२ बाट बलिउड प्रवेश गरेकी सन्नीले कामसूत्रको नयाँ भर्सनमा अभियन गर्ने भएकी छन् । 

भारतीय पत्रिका मिडडे टाइम्सका अनुसार एकता कपुरको सो वेब सिरिजमा ‘हट’ सन्नीले अभियन गर्ने पक्का भएको छ । 

सन्नीले फिल्मको कथाबस्तुबारे एकता कपुरबाट जानकारी लिइसकेकी छन् । वात्सायन रचित कामसूत्र पूर्वीय समाजमा यौनशास्त्रको रुपमा पनि चर्चित रहेको छ । सन्नीले सो फिल्ममा १३ औँ शताब्दीतिर राजस्थानमा रहने गोली जातको महिलाको भूमिका निभाउने छिन् । 

Image may contain: 1 person, outdoor

गोलीहरु सो बेला राजाको रखैलको भूमिकामा रहन्थे । कामवासनासँग जोडिएको कामसूत्रलाई आधार बनाएर यसअघि पनि केही सिनेमाहरु बनेका छन् । 

रेखा र ईन्दिरा वर्मा अभिनित कामसूत्र अ टेल अफ लभ यही पुस्तकमा आधारित छ । मिरा नायरले निर्देशन गरेको यो फिल्मले केही अन्तर्राष्ट्रिय पुरस्कार जिते पनि भारत र पाकिस्तानमा भने प्रदर्शनमा रोक लगाइएको थियो । सन्नीले खेल्ने नयाँ भर्सनको कामसुत्र पनि प्रतिबन्धको शिकार नहोला भन्न सकिन्न ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *