मस्जिदमा बम विस्फोट हुँदा ६२ जनाको मृत्यु

कात्तिक २, काठमाडौं । अफगानिस्तानको एक मस्जिदमा भएको बम आक्रमणमा कम्तिमा ६२ मानिसको मृत्यु भएको छ । बम विस्फोट हुदाँ मस्जिदमा शुक्रबारको प्रार्थना चलिरहेको थियो ।   

अधिकारीका अनुसार मस्जिद पूर्वी नानगहर प्रान्तमा रहेको छ । आक्रमणस्थल नानगहर प्रान्तको राजधानी जलालाबादबाट ५० किमी टाढा हस्का मिना जिल्लामा रहेको छ ।   

बम विस्फोटबाट दर्जनौं मानिस घाइते भएका छन् । विस्फोटले मस्जिदको छतनै खसेको थियो ।   

आक्रमणस्थलमा इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय भए पनि हालसम्म बम आक्रमणको कसैले जिम्मेबारी लिएका छैनन् ।   

आक्रमणको केही अघि मात्र संयुक्त राष्ट्र संघको एक वक्तव्य सार्वजनिक भएको थियो जसमा अफगानिस्तानमा यो गृष्ममा निक्कै धेरै सर्वसाधरणको मृत्यु भएको उल्लेख छ ।   

संयुक्त राष्ट्र संघका अनुसार जुलाईदेखि सेप्टेम्बरबीच कम्तिमा ११७४ नागरिक मारिएका छन् । यसमा २०१९ जुलाई महिना दशक यताकै सबैभन्दा रक्तपातपूर्ण महिना रह्यो ।   

बम आक्रमण भएको प्रान्तका गर्वनर कार्यलयका प्रवक्ता अताउल्लाह खोग्यानीले विस्फोटबाट ६२ मानिसको मृत्यु भएको र ३६ मानिस घाइते भएको पुष्टि गरे ।   

प्रत्यक्षदर्शीका अनुसार मस्जिदको छल खस्नुअघि त्यहाँ ठूलो विस्फोट भएको थियो । अफगानिस्तानको टोलो न्युजका अनुसार घटनामा ठूलो मात्रामा विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।   

स्थानीय प्रहरी अधिकारी तेजाब खानले मस्जिदमा प्रथार्ना चलिरहेकै समयमा ठूलो बम विस्फोट भएको बताए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *