नेपालकै एक यस्तो ठाँउ जहाँ दाइजो र अंशमा दिने गरिन्छ भालु र सर्प

कार्तिक ३ ।  हामिले धेरै अनौठा चालचलन सुन्दै र देख्दै आएका छौ । हाम्रो समाजमा अझै पनि छोरीलाई बिबाह गरेर दिदा दाइजो दिन चलन छ । 

छोरीलाई बिबाह गरेर दिदा दाइजोको रुपमा गरगहना र लत्ताकपडा दिइने गरिन्छ । दाइजो दिने चलन अझै हाम्रो समाजबाट हटिसकेको छैन । 

 यस्तो चलन तराईमा बढी देखिने गरिन्छ । तराई भेगमा दाइजोको रुपमा गरगहना, नगदसँगै सवारी साधन पनि दिने गरिन्छ । तराइ भेगमा केटा तर्फबाट नै दाइजोको माग गरिने गरिन्छ ।  यस्तै तराइमा नै बस्ने मुस्लिम समुदाले भने दाइजोको रुपमा छोरीलाई भालु र सर्प पनि दिने गर्छन् । यो सुन्दा धेरैलाई अवस्य अचम्म लाग्छ । 

Image result for भालु र सर्प

सिरहा सुखीपुर –८ का साविरले आफ्ना छोराहरुलाई  अंश को रुपमा भालु नै दिएका छन् । भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुख्र्यौली पेसा अँगाल्दै आएका छन् । उनीहरुले भालुबाट चटक देखाएर गुजारा चलाएका छन् । एजेन्सी    

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *