मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ः ट्यालेन्ट राउण्ड सम्पन्न, कार्तिक १६ गते फिनाले

कार्तिक ८, काठमाडौं । मिस्टर एण्ड मिस स्टार चितवन– २०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । 

भर्खरै मात्र सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफ्नो–आफ्नो कला, क्षमता प्रदर्शन गरेका थिए ।   

होटल बन्दीपुरमा सम्पन्न भएको उक्त ट्यालेन्ट राउण्ड प्रतियोगितामा विकास सापकोटा, कमल बराल, अस्मिता नेपालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।   

भरतपुर चितवनमा नै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रालिले आयोजना गरेको उक्त प्रतियोगीताको ग्राण्ड फिनाले आउँदो कार्तिक १६ गते शनिबार हुने आयोजक सस्थाकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन् ।     

उनका अनुसार प्रतियोगितामा सबिना गुरुङ, रुपा केसी, सिमा महतो, बेनिशा छेत्री, नविना अधिकारि, श्रवन श्रेष्ठ, सनम कंडेल, भावना पाण्डे, मनोज तामाङ, किरण दनुवारले प्रतिस्पर्धा गरिरहेका छन् ।   

चितवनमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरेर अनुभव बटुली सकेकि सरिता आचार्यको आयोजनामा भईरहेको यस प्रतियोगितमा मोडल सम्पदा अमगाई र सृष्टि भुसाल कार्यक्रम संयोजक रहेका छन् । 

भविष्यमा नेपालबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले यस प्रतियोगिता गरिएको अध्यक्ष आचार्य बताउँछिन् ।   

प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तर्वार्तामा समेत सहभागि हुन पाउने छन् । साथै विजेतालाई नगद सहित आकर्षक पुरस्कार समेत प्रदान गरिनेछ । 

प्रतिकृयाहरु
Loading...