तेलुगु फिल्म ‘जर्सी’को रीमेकमा शाहिद

असाेज ३०, भारत ।  बलिउड अभिनेता शाहिद कपूरले तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को रीमेक ‘कबिर सिंह’बाट निकै सफलता पाए । यो फिल्मले शाहिदको सुस्ताउदै गरेको करियरमै ठूलो योगदान दिएको छ । शाहिद कबिर सिंहको रीमेकपछि तेलुगु फिल्म ‘जर्सी’को रीमेकमा देखिदैछन् । 

२०१९ मा रिलिज भएको फिल्म जर्सीमा नानी र श्रद्धा श्रीनाथले मुख्य भुमिका निभाएका थिए । यो फिल्ममा क्रिकेट खेलमा हुने राजनीतिक र क्रिकेटरको संघर्ष देखाइएको छ । शाहिदले फिल्म ‘दिल बोले हडिप्पा’मा क्रिकेटरको भुमिका निभाईसकेका छन् । शाहिद जर्सीमा पनि क्रिकेटरको भुमिकामा देखिदैछन् । 

फिल्ममा शाहिद हुने चर्चा भएपनि नायिका भने फाइनल गरिएको छैन । यो फिल्मलाई जर्सीकै निर्देशक गौतम तिन्नानुरीले नै निर्देशन गर्नेछन् । एजेन्सी 

Image result for शाहिद

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *