हप्तादिनको राशिफलः तपाईँलाई कुन दिन राम्रो ? रंग र शुभअंकसहित

असोज १८, काठमाडौं l २०७६ साल असोज १८ गते शनिवार, तदअनुसार अक्टोबर ५,२०१९तपाइको यो सप्ताहमेषयो साता नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । चिताएको कामले तीव्रता लिनेछ । अचल सम्पत्ति हतापर्नुका साथै लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग घिउरङ्ग वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

वृषनियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । घरायसी झमेलामा परिनेछ । साताको मध्यबाट धार्मिक तथा सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नाता–कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । यो साताका लागि शुभअङ्क ४,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । 

मिथुनयो साता कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग निलो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । 

null

कर्कटदुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । साताको अन्त्यमा काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नुपर्ने छ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ । 

सिंहयो साता विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । परिवारिक सद्भाव बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला ।घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

कन्यायो साता यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । साताको अन्त्यमा सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।तुलाभाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्त सङ् गरमाईलो भेटघाटपनि हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

वृश्चिकदाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । नयाँ काम वा रोजगार पाईनेछ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ । 

धनुअतिथिको रूपमा सत्कार पाइएला । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । c 

मकरकिनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने–हराउने सम्भावना छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभ रङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । 

कुम्भरोकिएका अधुरा कामहरू पुरा हुनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ । 

मीनपारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । मित्र सुख मिल्नेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *