२० तस्विरमा हेर्नुहाेस् कलाकारकाे भाइटीका

कार्तिक १२, काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने क्रम जारी छ ।   

भाइटीकाको दिन विशेषगरी राति सम्मै टिका ग्रहण गरिन्छ । दाजुभाई दिदीबहिनी नजिक हुनेले साइतको टीका ग्रहण गर्छन् भने टाढा हुनेले राति अथवा दिउँसो भाइटीका गर्ने प्रचलन छ ।   

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइन्छ ।   

सर्वसाधारणदेखि कलाकारहरुले समेत यस चाडलाई हर्षोल्लासका साथ मनाइरहेका छन् । भाइटीका लगाएर सामाजिक सञ्जालमा तस्विरहरु राख्ने क्रम पनि बढ्दो छ। नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत भाइटीका लगाएका तस्विरहरु साझा गरिरहेका छन् ।   

तस्विरमा हेर्नुहोस् कलाकारको तिहारः 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *