अभिनेता जति नै पारिश्रमिक पाउँनु पर्ने करीनाकाे माग

कार्तिक १, भारत । बलिउड अभिनेत्री करीना कपूरले अभिनेताको जति नै पारिश्रमिक आफूलाई पनि दिन माग गरेकी छिन् । उनले जियो मामी मुभी मेलामा करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा यस्तो बताएकी हुन् ।   

उनले फिल्ममा अभिनय गरेका अभिनेता र अभिनेत्रीलाई बढी र कम पारिश्रमिक दिनुभन्दा पनि बराबर दिनुपर्ने कुराको वकालत गरेकी छिन् ।   

उनी थुप्रै फिल्मबाट बाहिरिएको कारण पनि कम पारिश्रमिक नै हो त भन्ने प्रश्नको जवाफमा भने उनले फरक–फरक फिल्मबाट बाहिरिनुको फरक–फरक कारण भएपनि फिल्ममा काम गर्ने नायक नायिका दुवैलाई बराबर पारिश्रमिक मिल्नु खुशीको कुरा भएको उल्लेख गरिन ।   

Image result for करीना

उनलाई करणले सोधेको ‘यदि करीना र अक्षय दुवैलाई फिल्म ‘गुड न्यूज’ मा बराबर पारिश्रमिक दिइयो भने ?’ प्रश्नमा उनले चुट्की मार्दै भनिन्, ‘यदि तपाईं मलाई अक्षयको जति नै पारिश्रमिक दिनुहुन्छ भने म यो मामी शो नै छोडेर भाग्छु ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *