प्रधानमन्त्री आजै डिस्चार्ज हुनुहुन्छः सचिवालय

कार्तिक १४, काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो डिस्चार्ज हुने उनको सचिवालयले जानकारी दिएको छ ।   

सचिवालयका अनुसार स्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल पुगेका प्रधानमन्त्रीको सबै चरणको उपचार सकिएको छ ।   

बुधबार र बिहीबार गरी प्रधानमन्त्रीको दुई पटक डायलासिस भइसकेको छ । रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ ।   

पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकले जानकारी दिएका छन् । चिकित्सकका अनुसार शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढेमा मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ ।   

अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ । उनलाई आज दिउँसो डिस्चार्ज गर्ने अस्पतालको तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले जानकारी दिए ।  

प्रधानमन्त्री ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । उनको दुई महिनाअघि सिङ्गापुरमा प्लाज्मा फेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गरिएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *