अमिताभ बच्चन मिडियाप्रति असन्तुष्ट

कार्तिक ३, भारत ।  अमिताभ बच्चनले आफ्नो बिरामीको विषयमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सञ्चार माध्यमहरुमा आएको समाचारको विषयमा आफ्नो धारणा व्यक्त गर्दै बिरामी हुनु र उपचार गर्नु व्यक्तिगत अधिकार भएको बताएका हुन् ।   

उनले यस्तो विषयमा सञ्चारमाध्यमले व्यक्तिगत रुपमा शोषण गरेको आरोप समेत लगाएका छन् । उनले अस्पतालमा भर्ना भएको समाचारलाई शोषण र सामाजिक रुपमा अवैध भएको समेत उल्लेख गरेका छन् ।  

अमिताभले लेखेका छन्, ‘कृपया, पेसागत नियम कानुनलाई नतोड्नुहोस् । बिरामी हुनु र उपचार गर्नु गोपनीयताको हक हो । यस्ता कुरालाई कारोबारको रुपमा प्रयोग गर्नु सामाजिक रुपमा गलत हो । सम्मान गर्नुस् र कुरालाई सम्झिनुस् । दुनियाँमा सबैकुरा बेच्नको लागि होइन ।’ 

Image result for अमिताभ बच्चन

उनले उनको शिघ्र स्वास्थ लाभको कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।  केही समय अगाडि सञ्चार माध्यमहरुमा अमिताभ बच्चन अस्पताल भर्ना भएको दाबी गर्दै समाचारहरु बाहिरिएको थियो । उनले आफ्नो ब्लगमा उक्त समाचारको खण्डन गरेका हुन् ।  एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *