गुडिरहेको ट्रेनमा आगो लाग्दा ४६ को मृत्यु, ४२ जना घाइते

कार्तिक १४, काठमाडौं । पाकिस्तान रेलवेको तेज गाम एक्सप्रेसमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।   

कराचीबाट रावलपिण्डी जाने क्रममा लियाकत पुरमा तेज गाम एक्सप्रेसको तीन डिब्बामा आगलागि हुँदा ४६ जनाको मृत्यु भएको हो । घाइतेहरुको मुल्तानस्थित बर्न सेन्टर पठाइएको छ ।   

प्राप्त जानकारी अनुसार रेल यात्रुको साथमा खानेकुराका साथै ग्यास सिलिण्डर पनि थियो । सिलिण्डर पड्कीएर आगो लागेको हो ।   

दुर्घटनाग्रस्त ट्रेन

दुर्घटना पश्चात् कयौँ ट्रेन रद्द गरिएको थियो । यद्यपी अहिले भने पाकिस्तान रेलवेका १३४ ट्रेन र उनीहरूको अप स्ट्रिम र डाउन स्ट्रिम पुनर्स्थापित गरिएको छ ।   

रेडियो पाकिस्तानका अनुसार घटनाबारे जानकारी लिँदै प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गरेका छन् । साथै उनले पीडित तथा घाइतेलाई तुरुन्त उपचार दिलाउन आदेश दिएका छन् ।   

यात्री र ट्रेनको बिमा भएका कारण आर्थिक नोक्सानीको क्षतिपूर्ति हुन सक्ने रेल मन्त्री शेख रशीदले बताएका छन् । यस घटनाको अनुसन्धान अघि बढ्ने पनि उनले स्पष्ट पारेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =