याे हाे कहिल्यै नमर्ने अनाैठाे जिव

कार्तिक ६ । बिश्वमा नसुनेका र नदेखेका धेरै जीवहरु देखिन्छ । कुनै जीव त निकै अनौठा र खतरनाक पनि हुन्छन् । बिश्वमा यस्तो अनौठो जीव पनि छ जुन कहिल्यै मर्दैन ।  

के तपाईले कहिल्यै सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणुका बारेमा सुन्नु भएको छ । यो अनौठो जीवको आठ वटा खुट्टा हुन्छन् । चिसो र  सुख्खा ठाउँमा पनि बाच्न सक्छ । भनिएको छ यो जीव अन्तरीक्षमा पनि बाच्छ ।   

बैज्ञानिकहरुका अनुसार यो जीव एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको हुन्छ । यो जीवमा पत्ता लागेको दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस एउटा जिनका कारण उ कहिल्यै पनि नर्मर्ने हुन्छ । यो रहस्य बैज्ञानिकहरुले पत्ता लगाएका छन् । पानी भालु नाम पनि भनिने यो जीव पृथ्वीमा जस्तो सुकै प्रलय आएपनि बाच्ने बताइएको छ ।  बैज्ञानिकहरुका अनुसार यो सुख्खामा सक्रिय हुने र पानी पर्दा निस्क्रिय हुने क्षमता भएको हुन्छ । एजेन्सी  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *