बलिउडका पिता अमिताभ बच्चन अस्पताल भर्ना

कार्तिक १, भारत । बलिउडका पिता अमिताभ बच्चनलाई अस्पताल भर्ना गरिएको छ ।  उनलाई गत मंगलबार बिहानको ३ बजे नियमित चेकअपका लागि   मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको बताईएको छ ।   

अमिताभलाई कसैले नभेटुन भनेर  नानावती अस्पतालको गोप्य स्थानमा राखेर उनकाे उपचार गरिएको छ भने कसैलाई पनि उनीसँग भेट्न अनुमती दिइएको छैन ।   

उनलाई अझै केही दिन अस्पतालमा नै बस्नु पर्ने  भनिए पनि आईतबार उनको  डिस्चार्ज हुन सक्ने सम्भावना रहेको  बताईएको छ । अभिताभको स्वास्थ्यबारे अस्पतालले कुनै नोटिस जारी भने गरेको छैन ।   

Image result for अमिताभ बच्चन अस्पताल भर्ना

यदी नियमित चेकजाँच हो भने बिहान तीन बजे नै अस्पताल किन भर्ना गरियो भन्ने प्रश्न उठी रहेकाे छ तर यसको यथार्त भने  बाहिर आउन सकिरहेकाे छैन ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *