बलात्कार र हत्या आरोपीलाई २० वर्षपछि अमेरिकाबाटै पक्राउ गरि नेपाल ल्याईयो

कार्तिक ६, काठमाडौँ । बुधबार २० वर्ष अघी एक युवतीको बलात्कारपछी हत्या गरेका युवकलाई अमेरिकामै पक्राउ गरि नेपाल ल्याईएको छ ।   

पक्राउ पर्नेमा बलात्कारपछि हत्या गरेको दोषी ठहर भएका झापा चन्द्रगढी–३ स्थायी घर भएका ४२ वर्षिय लिलाराज गौतम रहेको प्रहरीले जनाएको छ ।  उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा अमेरिकाको मियामीबाट टर्किस् एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो ।   

युवतीको बलात्कार पछी हत्या गरी फरार रही १० बर्ष  देखी अमेरिकामै बस्दै आईरहेको उनलाई बेफ्रुअरी १३ मा अमेरिकामै पक्राउ गरी त्यहीकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हिरासतमा राखिएको थियो ।   

Related image

नेपाल प्रहरीले गरेको निरन्तरको पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउने आदेश दिएका थिए । अमेरिकाको कानुनसमेत उलंघन गरेका उनलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि नेपाल र्फिता गरिएको हो 

इन्टरपोल शाखाले जारी गरिएको विज्ञप्तीमा हाल उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा पठार्ईएको लेखिएको छ  ।   

घटनाको बिबरण यस्तो छ   

बलात्कार पछी हत्या गरिएको आरोप लागकेका लिलाराजसहित मनोज खड्का र सिताराम बस्नेतले  ०५७ असोज २९ गते राती झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीलाई बलात्कार पछि हत्या गरेका थिए ।   

बलात्कारपछि हत्या गरिएकी सन्ध्याको शव चालआली जंगलको रुखमा फेला परेको थियो ।   

घटनाको भोलिपल्ट असोज ३० गते मृतकका बुवा राजकुमार राजबंशीले जिल्ला प्रहरी कार्यालय झापामा दिएको जाहेरीका आधारमा  तीन जनाविरुद्ध मुद्दा दर्ता गरेका थिए । 

तर, झापा जिल्ला अदालतले ०५८ कात्तिक २१ गते लीलाराज गौतमलाई मुद्दाबाट सफाइ दियो । सोही साल चैत २८ गते पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतकै फैसलालाई सदर गर्दै गौतमलाई जोगायो । 

हत्याको घटना भएको ९ वर्षपछि सर्वोच्च अदालतले ०६६ साल भदौ २९ गते  अर्को फैसला सुनायो । सर्वोच्चले तल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लीलाराज गौतम समेतलाई जन्मकैदको सजायँ सुनायो । सर्वोच्चले यस्तो फैसला सुनाउँदा गौतम प्रहरीको पञ्जाबाट उम्किइसकेका थिए । 

प्रतिवादी गौतम ०५७ कात्तिक १ देखि ०५८ साउन ३२ सम्म १० महिना थुनामा परेका थिए । सो अवधि कट्टा गरेर उनलाई १९ वर्ष २ महिना जेलमा राख्न सर्वोच्च अदालतले ०६६ सालमै फैसला सुनाउँदा उनी अमेरिका पुगिसकेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *