भारत प्रशासित कश्मीरमा ७२ दिन पछि मोबाइल सेवा सुचारु

कश्मीर, एजेन्सी । कश्मीरमा अवरुद्ध मोबाइल सेवा ७२ दिनपछि सुचारु भएको छ । भारत प्रशासित  कश्मीरमा गत अगस्ट ५ मा विशेषाधिकार खारेज गर्ने निर्णयसँगै भारत सरकारले मोबाइल तथा ल्यान्डलाइन फोन र इन्टरनेट सेवा बन्द गरेको थियो । 

सरकारको निर्णयसँगै करिब ४० लाख मोबाइल फोन पुनः सञ्चालनमा आएका छन् तर प्रिपेड मोबाइल फोन अझै बन्द रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

ल्यान्डलाइन टेलिफोन सेवा तथा आंशिक रूपमा इन्टरनेट यसअघि नै खोलेको भए पनि सरकारले सुरक्षाको कारण देखाउँदै मोबाइल सेवा बन्द राखेको थियो । हाल सरकारले कश्मीरको सुरक्षा अवस्थामा अपेक्षित सुधार भएको उल्लेख गर्दै सोमबारबाट मोबाइल सेवा सुचारु गरेको हो । 

Image result for kashmir mobile on

कतिपय क्षेत्रमा अझै पनि इन्टरनेट सेवा बन्द छ । अधिकारीहरूले अघिल्लो महिनाबाट ८० प्रतिशत टेलिफोन चल्न थालेको बताए पनि भारत प्रशासित कश्मीरमा धैरै मानिसमा त्यसको पहुँच छैन । 

सामाजिक सञ्जालका प्रयोगकर्ताले आफ्ना परिवार तथा आफन्तसँग दुई महिना मोबाइल सेवामार्फत कुराकानी गर्न पाएको प्रतिक्रिया जनाइरहेका छन् । सञ्चार अवरोधले कश्मीर क्षेत्रको अर्थतन्त्रमा समेत असर पुगेको जनाइएको थियो । कश्मीर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले पछिल्लो अवरोधका कारण १ अर्ब ४ करोड अमेरिकी डलर नोक्सानी भएको र हजारौं रोजगारी कटौती भएको उल्लेख गरेको छ । 

कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णयका कारण उक्त क्षेत्रमा अधिकांश हिंसात्मक विरोध प्रदर्शनहरू भएका थिए । तर भारत सरकारले कश्मीरको शान्ति सुरक्षामा कुनै समस्या नरहेको दाबी गरेको थियो । सरकारविरोधी प्रदर्शन तथा प्रतिक्रियाका कारण पक्राउ गरिएका सयौं कश्मीरी नेता, अधिकारकर्मी, वकिल तथा नागरिक अगुवालाई बिना अभियोग अझै थुनामा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *