एक अमेरिकन नागरिक, जसको पेटमै रक्सी बन्छ

कार्तिक १४, काठमाडौं । अमेरिकामा एक व्यक्तिको पेटमा नै रक्सी बनिरहेको तथ्य बाहिरीएको छ ।   

सन् २०१४ मा मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ परेका उनको पेटमै रक्सी बनेको मेडिकल अनुसन्धानबाट पत्ता लागेको हो । उनी ‘अटो ब्रुअर सिन्ड्रोम’बाट ग्रसित व्यक्ति हुन् ।   

रिचमण्ड युनिभर्सिटी अफ मेडिकल सेन्टरका विशेषज्ञका अनुसार ‘अटो ब्रुअरी सिन्ड्रोम एबीएस०’बाट पिडित व्यक्तिको पेटले ‘फङ्गल यिस्ट कार्बोहाइड्रेट्स’लाई अल्कोहलमा बदल्छ ।   

Image result for रक्सी

ग्यास्ट्रो–एन्टेरोलोजीको रिपोर्टअनुसार सन् २०११ मा एक अपरेसन भएपछि त्यस व्यक्तिले एन्टिबायोटिक खान थालेको र त्यसपछि उक्त अवस्था सुरु भएको थियो ।   

व्यक्तिको पेटमा रक्सी बन्न थालेकै समयमा भयभित हुने, चक्कर आउने, स्मरणमा ह्रास आउने समस्या सुरु भएको थियो ।   

तथापि, एन्टिबायोटिकबाट यस्तो समस्या सुरु हुनु एकदमै दुर्लभ घटना हो । पछिल्लो ३० वर्षमा यस्ता पाँच घटनामात्र बाहिरिएका छन् ।   

सन् २०१७ मा व्यक्तिलाई प्रो–बायोटिक एन्टी फङ्गल दवाई दिइयो र साथमा कम कार्बोहाइड्रेट युक्त खाने सल्लाह दिइयो ।   

त्यसले उनको अवस्थामा कमी आयो । यस विषयलाई अक्टोबर महिनाको अन्त्यमा अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजीको वार्षिक बैठकमा प्रस्तुत गरिनेछ ।   

विशेषज्ञका अनुसार समस्या सुधार नभएको समयमा व्यक्तिको पेट र दिसामा अत्यधिक मात्रामा साशारोमाइसेस सेरेविसिए नामको फङ्गस पाइएको थियो ।   

यो फङ्गसलाई ‘ब्रुअर यीस्ट’ भनिन्छ । किनकि रक्सी बनाउनु अघि अन्नलाई कार्बोहाइड्रेटमा बदल्नको लागि यसको प्रयोग हुन्छ ।   

कुनै व्यक्तिले कार्बोहाइड्रेटयुक्त खाना सेवन गरेको छ भने पनि उसको रगतमा रक्सीको मात्रा बढ्छ । कहिलेकाँही यो मात्र ४०० मिली लिटरसम्म पुग्छ । यो मात्रा अमेरिकामा मदिरा पिएर गाडी चलाउने दिइएको सीमाभन्दा ११ गुणा बढी हो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *