के कारण छुट्टिदैछन् पूर्व मिस नेपाल उषा र जीपी !

काठमाडौं, ३० असोज । पूर्व मिस नेपाल उषा खड्गीको सौन्दर्य र बौद्धिकतालाई मन नपराउने सायदै होलान् ।  उषाले सञ्चारकर्मी जीपी तिमिल्सिनासँग बैवाहिक जीवन ब्यतित गरिरहेपछि १७ वर्ष पछि उनीहरुको दाम्पत्य जीवनमा पूर्णविराम लाग्ने अवस्था आएको छ ।   

उषाको पति जीपी तिमिल्सिनासँग विवाद बढेपछि सम्बन्ध बिच्छेद सम्मको अवस्था निम्तिएको छ । दुवै विचको विवाद उत्कृर्षमा पुगेर उनीहरुबीच सम्पत्ति बाँडफाँडको टुंगो लाग्न मात्र बाँकी छ । कुनैबेला रोडमोडल रहेका उषा र जीपी विचको झगडामा छोराछोरीसहित सम्पत्ति बाँडफाँडको विषय मिल्न बाँकी छ । केहि समयदेखि उनीहरु अलग भइसकेका छन् । 

उषाले १७ वर्ष लामो वैवाहिक जीवन अन्त गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जाल तातिएको छ । कतिपय उषाका प्रशंशकले उनलाई गाली नै गरेका छन् भने, कतिपयले मन नै नमिलेपछि जतिसुकै सम्झौताको कुरा गरेपनि अर्थ नहुने भन्दै उषालाई समर्थन गरेका छन् ।   

Image may contain: 3 people, selfie

पतिसँग विवादपछि उनले यसपटकको दशैंमा जीपीसँगको कुनै तस्बिर बाहिर ल्याएकी छैनन् । विगतमा जीवीसँग उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरिरहन्थिन् ।उषा र जीपीले अन्तरजातीय विवाह गरेका हुन् । विवाहका लागि दुवैले ठूलो संघर्ष गरेका थिए ।  

यो जोडी निकै चर्चित र रोलमोडल थियो । जीपी पनि टेलिभिजन प्रस्तोता हुन् । दुवैले प्रेमविवाह गरेका थिए । हाल उनीहरुका एक छोरा एक छोरी छन् ।   

हेर्नुहोस उषाका केहि तस्विर 

  

तस्विरः सामाजिक सञ्जालबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *