मौसमः अपरान्हपछि पानी पर्न सक्ने, हुस्सु र कुहिरोले हवाई यातायातमा सामान्य अवरोध आउने

असोज ३०, काठमाडौँ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बांकि भू–भागमा सामान्यतया सफा रहेको छ । बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा सामान्य अवरोध आउन सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध छ। 

असोज ३० गते (बिहिबार) 

देशभरी आंशिक बदली रही अपरान्हपछि मध्य तथा पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।  

null

रातिः देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पुर्वी पहाडी भु(भागमा आंशिक बदली रही बांकि भू–भागमा मौसम सामान्यया सफा रहनेछ । 

कार्तिक १ गते (शुक्रबार) 

दिउँसोः देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भू–भागमा आंशिक बदली रही पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

रातिः देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भु(भागमा आंशिक बदली रही बांकि भु(भागमा मौसम सामान्यया सफा रहनेछ । 

कार्तिक २ गते (शनिबार) 

दिउँसोः देशभरी आंशिक बदली रही अपरान्हपछि पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। 

रातिः देशभरी आंशिक बदली रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =