‘छ माया छपक्कै’ लाई नेकपा, कांग्रेस र ज्ञानेन्द्रसँग नजोडौँ’

असोज २८, काठमाडौं । दर्शकहरुको उत्साहजनक साथ पाइरहेको चलचित्र ‘छ माया छपक्कै’ लाई चलचित्र समिक्षकले राजनीतिक रंग दिएपछि चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रलाई राजनीतिक चस्माले नहेर्न भनेका छन् ।   

सामाजिक सञ्जाल फेसबुकमा बिहानै स्टाटस पोस्ट गर्दै दीपकराजले कम्युनिस्ट विरोधी, कांग्रेसलाई माइनस गरेको, पुरै ज्ञानेन्द्र शाही भन्नेहरुलाई चलचित्रले दिने सन्देश गलत कुराको विरोध गरौं भन्ने मात्र रहेको बताए ।   

हरेक कुरा राजनीतिक रुपले हेर्न नहुने उनको भनाइ छ उनले फेसबुकमा लेखेका छन्, ‘चलचित्रको सन्देश पार्टीले जे निर्णय गरे पनि ‘हो मा हो नमिलाऔ, गलत कुराको बिरोध गरौँ झोले नबनौँ , जनताको पिडालाइ केन्द्रबिन्दु मा राखेर काम गरौँ भन्ने नै हो यसलाई अन्यथा नबुझ्न आग्रह गर्दछु ।’   

असोज २४ गतेबाट देशभर प्रदर्शनमा आएको ‘छ माया छपक्कै’लाई चलचित्र समिक्षकले छक्कापञ्जा सिरिजकै चलचित्र भनेर समिक्षा गरेपनि चलचित्रले दीपक–दीपा मार्काका विगतका चलचित्रभन्दा राम्रो ब्यापार गरेको छ ।   

पानी र राजनीतिक विषयमा प्रेम मिसाइए बनाइएको चलचित्रमा दीपकराज गिरी शिर्ष भूमिकामा छन् । फिल्म दोस्रो हप्तामा प्रवेश गरिरहँदा पनि दर्शकको भिड हलहरुमा थामि नसक्नु छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *