स्कुल प्रिन्स एण्ड प्रिन्सेसले देखाए आफ्नो टयालेन्ट

कात्तिक १४, विराटनगर । स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोरङ २०१९ का लागि छानिएका  प्रतियोगीहरुले आफुमा रहेको टयालेन्ट देखाएका छन् ।  हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेन्टद्धारा आयोजित प्रतियोगितामा छानिएका २७ प्रतियोगीहरुले आफुमा रहेको ट्यालेन्ट देखाएका हुन् ।     

हिमालय दर्शन कलेजमा विहिबार आयोजना भएको ट्यालेन्ट शोमा प्रतियोगीहरुले नृत्य, गीत चित्रकला, कविता, श्रीगांरलगायतका ट्यालेन्ट प्रस्तुत गरेका थिए । २७ जना प्रतिस्पर्धीहरु मध्येबाट एक जना प्रिन्स र अर्का एक प्रिन्सेसले वेस्ट ट्यालेन्ट एवार्ड प्राप्त गर्नेछन् ।   

स्कुल प्रिन्स एण्ड प्रिन्सेसको आगामी कातिक २३ गते  फाइनल हुनेछ । ट्यालेन्ट अवार्ड फाइनलको दिन वितरण गरिने हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक अर्जुन श्रेष्ठले बताए ।  

  

ट्यालेन्ट शोका निर्णायकहरुमा नृत्य निर्देशक सागर साह, गायक सुरज बानिया र मेकप स्कुलकी निर्देशक रिता ढकाल रहेका थिए ।   

‘सीप र संस्कारसहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिएको कार्यक्रम संयोजक सुमन श्रेष्ठले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *