हरर कमेडी चलचित्रमा अक्षयकाे यस्ताे रूप

असाेज १६ ।  अक्षय कुमारको हरर कमेडी फिल्म ‘लक्ष्मी बम्ब’ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अक्षय महिलाको भेषमा प्रस्तुत भएका छन् । 

अक्षय यो फिल्ममा पहिलो पटक महिलाको भुमिकामा देखिदैछन् । सार्वजनिक तस्विरमा उनी दुर्गाको मुर्ती अगाडी उभिएका छन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘नवरात्रीको सम्बन्ध आफु भित्रको शक्ति र आफ्नो अपार क्षमताको उत्सव मनाउने हो ।  

यो पवित्र अवसरमा लक्ष्मीको रुपमा आफ्नो लुक सार्वजनिक गर्दैछु । यस्तो भुमिकाको लागि म उत्साहित छु र नर्भस पनि छु । तर, जीवनको त्यो सुरुवात हुनेछ, जहाँ आफ्नो आरामदायक जिन्दगीको अन्त्य हुन्छ.. हैन ?’ 

Image result for कमेडी फिल्म ‘लक्ष्मी बम्ब

राघव लोरेन्सले निर्देशन गरेको फिल्ममा अक्षयसँगै कियारा आडवाणीको पनि मुख्य भुमिका रहेको छ । यो फिल्म अर्काे वर्ष ५ जुनमा प्रर्दशन हुनेछ । एजेेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *