‘तानाजी द अनसंग ओरियर’मा अजयको यस्ताे अवतार

कार्तिक ६, मुम्बई । अजय देवगन र सैफअली खान एकपटक फेरि एकसाथ पर्दामा देखिँदैछन् । फिल्म ‘तानाजी द अनसंग ओरियर’मा यी दुबै एकसाथ देखिने भएका हुन् । 

फिल्मको फस्टलुक पोस्टर अहिले सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा अजयदेवगन निकै डरलाग्दो लुक्समा देखिएका छन् । 

अभिनेता अजय देवगनले फिल्मको फस्टलुक आफ्नो इन्स्टाग्रामबाट पनि शेयर गरेका छन् । फस्टलुकमा अजय मराठा योद्धाको रुपमा देखिएका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा उनको पोस्टर भाइरल भइरहेको छ । बलिउडका स्टारले समेत पोस्टरको तारिफ गरेका छन् ।   

सार्वजनिक पोष्टरमा सैफअली खानको लुक पनि बाहिरिएको छ । ओम राउतको निर्देशन रहेको फिल्ममा अजयको अलवा काजोल र सैफअली खान पनि मुख्य भूमिकामा छन् । फिल्ममा अजयदेवगन मराठा ओरियर तानाजी मालुसरेको भूमिकामा छन् । सैफको भूमिका राजपुत लडाकु  जयसिंह राठौरको रहेको छ । फिल्म योद्धाहरु बीच भएको लडाईँमा आधारित छ ।   

अजयदेवगन फिल्मस् र टी सिरिज प्रोडक्सनको निर्माण रहेको फिल्मको रिलिज मिति १० जनवरी २०२० का लागि तय भएको छ ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *