शाहरुखकाे सुपरफ्लप जिरो यसरी पुग्याे अचानक टप ट्रेन्डमा

असाेज २९, भारत ।  बलिउडका किंग खानका नामबाट चर्चित शाहरुख खानको गत वर्ष रिलिज भएको जिरोको ट्रेलर आज बारम्बार हेरिँदैछ । बक्स अफिसमा सुपरफ्लप भएको यो फिल्मकोे आज भारतीय सोसल मिडियामा अत्यधिक चर्चा भइरहेको छ । तर यो ट्रेन्डमा आउनुको कारण निकै रोचक छ । 

जिरोको ट्रेलर शाहरुख खानको एउटा ट्वीटपछि ट्रेन्डमा आएको हो । यो ट्वीटमा शाहरुख खानले आफ्नो ३९ मिलियन फलोअर्स भएको अवसरमा प्रशंसकलाई धन्यवाद दिएका छन् । हेर्नुहोस्, यो ट्वीटः 

स्मरण रहोस्, शाहरुख खानको ३९ मिलियन फलोअर्स भएपछि उनले फलोअर्सको मामलामा अमिताभ बच्चनलाई पनि पछि पारेका छन् । शाहरुखका प्रशंसकले उनलाई यो उपलब्धिका लागि बधाई पनि दिइरहेका छन् । 

स्मरण रहोस्, जिरो फिल्म त फ्लप भयो तर फिल्मको ट्रेलर युट्युबमा सुपरहिट छ । यो ट्रेलरलाई अहिलेसम्म १२ करोड ५१ लाख बढी पटक हेरिएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *