ऋतिक रोशन र टाइगर श्राफकाे ‘वार’ले गर्याे बक्स अफिसमा बम्पर ओपनिङ

असाेज १७ । बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । यो फिल्मले हिन्दी भाषामा ५१ करोड ६० लाख कमाएको छ भने तामिल र तेलुगु भाषामा १ करोड ७५ लाख कमाएको छ । गान्धी जयन्तीको अवसरमा रिलिज गरिएको फिल्मले पहिलो दिनमै ५३ करोड ३५ लाख कलेक्सन गरेको छ । 

यो फिल्मले गतवर्ष दिपावलीमा रिलिज भएको ‘ठग्स अफ हिन्दोस्तान’को रेर्कड तोडेको छ । ठग्स अफ हिन्दोस्तानले ५२ करोडको ओपनिङ गरेको थियो । ऋतिक र टाइगरको वार नयाँ रेर्कड कायम राख्न सफल भएको छ । यो फिल्म हिन्दी फिल्ममा सबै भन्दा बढि कमाउने फिल्म हो । साथै ऋतिक, टाइगर र यसराज ब्यानरको ठूलो ओपनर फिल्म बनेको छ । 

सलमान खानको फिल्म ‘भारत’लाई पछाडी पार्दै वार २०१९ रिलिज भएको फिल्म मध्ये ठूलो ओपनर बनेको छ । भारु. ५३ करोड ३५ लाख कलेक्सन गरेर वार पहिलो नम्बरमा परेको छ भने सलमानको फिल्म भारतले ४२ करोड ३० लाखमा ओपनिङ गर्दा दोस्रो नम्बरमा झरेको छ । २९ करोड १६ लाखमा ओपनिङ गरेर ‘मिसन मंगल’ तेस्रो नम्बरमा रहेको छ, २४ करोड ४० लाखमा ओपनिङ गरेर ‘साहो‘ चौथो नम्बरमा छ भने २१ करोड ६० कलेक्सन गरेको फिल्म ‘कलंक’ पाँचौ नम्बरमा रहेको छ । 

Image result for फिल्म ‘वार’

यो फिल्म भारतमा ४ हजार स्क्रिन्समा रिलिज भएको छ भने ओभरसिजमा १ हजार ३५० स्क्रिन्समा रिलिज गरिएको छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको ऋतिक र टाइगरसँगै बानी कपूरको पनि मुख्य भुमिका रहेको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *