अपडेटः प्रधानमन्त्रीको स्वास्थ्य सामान्यः ग्राण्डी अस्पताल

कात्तिक १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको ग्राण्डी अस्पतालले जनाएको छ । बुधबार विहान ज्वरो तथा टाउको दुखेर स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण चलिरहेको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।   

अस्पतालले विज्ञप्ति जारी गर्दै आज राती वा भोली विहानसम्म प्रधानमन्त्रीको डिस्चार्ज भइसक्ने जनाएको छ ।   

प्रधानमन्त्रीकी निजी चिकित्सक दिब्या सिंह र अस्पतालका निर्देशक चक्रराज पाण्डेले विज्ञप्ति जारी गर्दै स्वास्थ्य परिक्षण भइरहेकोले भोली विहानसम्म डिस्चार्ज हुने बताएका छन् ।   

हेर्नुहोस विज्ञप्ति 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *