१२ वर्ष लगाएर जम्मा गरे सिक्का अनि आमालाई किनिदिए फ्रिज

असोज २६, नयाँ दिल्ली । भारतको जोधपुर निवासी १७ वर्षका रामसिंहले एक बिहान पत्रिकामा दिइएको फ्रिजको विज्ञापन हेरेर उक्त शोरुममा फोन गरे । 

फोनमा उनको आफ्नी आमाको जन्मदिन रहेको आफूले उनलाई फ्रिज उपहार दिन चाहेको बताए । तर आफूसँग सिक्का मात्र भएकाले त्यसमार्फत् नै भुक्तानी गर्न चाहेको उनले बताए । 

शोरुम सञ्चालक हरिकिशन खत्रीले सिक्का स्वीकार गर्ने बताए । त्यसपछि रामसिंहले एउटा बोरामा करिब ३५ किलो सिक्का लिएर शोरुम पुगे । त्यसमा एक, दुई, पाँच वा दसको सिक्काहरु थिए ।   

शोरुम सञ्चालकले रामसिंहले ल्याएको सिक्का उनलाई अघि राखेर गने । त्यहाँ फ्रिजको शुल्कभन्दा २ हजार भारु कम भयो । तर शोरुम सञ्चालकले  किशोरको भावनालाई ख्याल गर्दै फ्रिजको मूल्यमा २ हजार भारु डिस्काउन्ट गराइदिए ।   

रामसिंहले बाल्यकालदेखि खुत्रुकेमा पैसा जम्मा गर्ने गर्थे । खुत्रुके भरिएपछि फुटाएर त्यसमा रहेको नोट निकालेर आमालाई दिन्थे भने सिक्का सम्हालेर राख्थे । 

झण्डै १२ वर्षमा उनले जम्मा गरेको सिक्का १३,५०० भारु भयो । यही सिक्काबाट उनले फ्रिज किनेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *