चलचित्र ‘घरजम’ झापाको दमकमा प्रदर्शन हुने

असोज ३०, विराटनगर । पूर्बी पहाडी जिल्लाको मौलिक परम्पराको सत्यकथामा आधारित नेपाली कथानक चलचित्र हो ‘घरजम’ । जाति, समुदाय र समाजमा परम्परादेखि चलनका रुपमा बिकास हुँदै आएको बैबाहिक परम्परा र रितीरिवाजलाई  ‘घरजम’ को माध्यमबाट प्रष्ट्याउन खोजिएको छ ।   

मौसम ईम्बुङ फुलन्देको बाउद्धारा निर्देशित चलचित्र ‘घरजम’ यहि कात्र्तिक २ गते दमकस्थित पाथिभरा चलचित्र हलबाट प्रर्दशनको तयारी गरिएको छ । निर्माणपक्षले बिहिबार आयोजित पत्रकार सम्मेलन गरी उक्त जानकारी दिए ।  चलचित्र ‘घरजम’ लिम्बू समुदायको (जिवन–दर्शन) मुन्धुमलाई आधार मानेर निर्माण गरिएको चलचित्रका निर्देशक मौसम इम्बुङले बताए । हाम्रा पात्रहरुलाई मौलिक रुपमा प्रस्तुत गर्नु र सर्लक्कै समाज देखाउनु वा सुनाउनु ‘घरजम’ को विशेषता रहेको उनले बताए । 

चलचित्रका निर्मात्री तथा कलाकार सीताकुमारी तुम्बापोले लामो सयमदेखि आफनो मातृभूमीभन्दा बाहिर रहेका सन्ततीलाई आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग परिचित गराउँन कला क्षेत्रनै प्रभावकारी माध्यम रहेकोले चलचित्रमा त्यहि विषयलाई उठाइएको बताइन ।   

चलचित्रले बोकेको मौलिकता आम दर्शक तथा नेपाली चलचित्र क्षेत्रका लागि थप उपलब्धी मानिएको छ । चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दा बढि चलचित्र हलमा प्रदर्शन गर्ने लक्ष्य रहेको चलचित्र निर्माण टिमले बतायो । साथै, विदेशका १० भन्दा बढी स्थानमा विशेष प्र्रर्दशनीको तयारी गरिएको छ । 

चलचित्रलाई ‘घुम्ती’ शैलीमा प्रर्दशन गर्ने योजना छ । घुम्ती प्रर्दशन अन्र्तगत इलामका १०, पान्थरका ८, ताप्लेजुङका ९, तेह्रथुमका ६, धनकुटाका ७ र संखुवासभाका १० गरी ५० वटा स्थानीय तहमा चलचित्र प्रदर्शन गरिने छ । 

करिब ८० लाखको लगानीमा बनेको चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो हुन भने सह निर्माताको रुपमा तेज मेन्याङबो रहेका छन् । चलचित्रमा, बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *