यो साता भरिको तपाईँको राशिफल, शुभ अङ्क र रङ्गसहित

कात्तिक ९, काठमाडौँ । आज मिति २०७६ साल कार्तिक महिनाको ९ गते शनिबार, तदअनुसार अक्टोबर महिनाको २६ तारिख सन् २०१९ । 

तपाइको यो सप्ताहमेषयो साता रचनात्मक काममा जुट्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघी बढ्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ र यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ । 

वृषसहकर्मीबाट विरोध आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । साताको उत्तरार्ध बाट रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ । 

null

मिथुनसाथीभाइबाट बढी फाइदा लिने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । शुभ समाचारपनि सुन्न पाइएला । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग पहेंलो वा गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । 

कर्कटदाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । जुक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बोलीको प्रभाबपनि बढ्नेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ । 

सिंहयो सातामा नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलतापनि पाईनेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । 

कन्याविपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको उत्तरार्ध बाट नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । 

तुलालाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । 

वृश्चिकयो साता मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

धनुयो साता मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

मकरयो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग गुलाबी वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ । 

कुम्भयो साता घरमा अतिथीको आगमन हुनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खौरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । 

मीनधर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शुभकार्यको चर्चापनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *