प्रधानमन्त्री मोदीकाे भाइ टेम्पो चालक

कार्तिक १, भारत ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने टेम्पो चालक अहिले निकै भाइरल बनिरहेका छन् ।  

केहि समय अघि सार्वजनिक भएको यो तस्बिरमा देखिएका टेम्पो चालक अहिले चर्चा पनि छ । भारतिय मिडियाका अनुसार  तस्बिरमा देखिएका टेम्पो चालक  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाई भएको बताइएको छ । 

ठ्याक्कै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने यी ब्यक्ति उनकै माहिलो भाइ रहेको बताइएको छ । उनी अहिले टेम्पो चलाएर आफ्नो सामान्य गुजारा चलाइरहेका छन् । प्रधानमन्त्री मोदी आफु पदमा भएर पनि पहुँचको फाइदा नउठाई आफ्नो परिवारलाई काम गरेर खान सिकाएको बताइएको छ । मोदीको यो कदमलाई सबैले प्रशंसा समेत गरेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीको माहिलो भाइको यो तस्वीर श्यामनारायण शर्माले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए । उक्त पोष्टमा लेखिएको छ , ‘मोदीजीका माहिला भाई टेम्पो चलाएर परिवार पालिरहेका छन् र यहाँ अन्य विधायकका परिवार भने एसी गाडीमा इन्जोय गरिरहेका छन् ।’  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *