जापानमा आँधीको कहर (१२ तस्विर)

असाेज २६, काठमाडाैं । मुसलधारे वर्षा र शक्तिशाली आँधीले जापानका धेरैजसो हिस्सालाई अस्तव्यस्त बनाइदिएको छ । ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ भने थुप्रै हराइरहेका छन् । 

चक्रवाती आँधी हेगीबिस राजधानी टोकियोको दक्षिण–पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमीमा स्थानीय समयानुसार बेलुकी करिब ७ बजे ठोक्कियो । अहिले यो आँधी २२५ किलोमिटर प्रतिघण्टाको गतीमा देशको पूर्वी तटतर्फ बढिरहेको छ । 

  

  

गम्भीर स्थितीलाई हेरेर ७० लाख बढी व्यक्तिलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । तर ६० हजार व्यक्तिले मात्रै आफ्नो घर छोडेका छन् । 

रेल सेवा अवरुद्ध छन् । एक हजार बढी विमान हवाई अड्डामै छन् । दुई लाख ७० हजार घरमा बिजुली आपूर्ती बन्द भएको एनएचकेले जानकारी दिएको छ । 

  

क्योदो न्यूज एजेन्सीले पनि पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । यीमध्ये दुईको मृत्यु पहिरोले घर बगाएपछि भएको हो भने अर्का ६० वर्षका एक व्यक्तिको शव जलमग्न अपार्टमेन्टमा भेटिएको हो । यस्तै ५० वर्षका एक व्यक्तिको कार पल्टिएका कारण मृत्यु भएको छ । 

क्योदोका अनुसार अन्य ११ जना हराइरहेका छन् भने ९० जना घाइते भएका छन् । मौसम विभागले राजधानी टोकियोमा शनिबार र आइतबारको बीच आधा मिटरसम्म वर्षा हुनसक्ने सम्भावना देखाएको छ । भारी वर्षाका कारण पहिरो र बाढीको स्थिती पैदा हुनसक्ने अनुमान गरिएको छ ।  

  

  

  

  

  

  

  

  

  

  

  

–एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *