यसकारण महात्मा गान्धीले आत्महत्याको कोशिस गरेका थिए

असोज २७, काठमाडौं । महात्मा गान्धीले बाल्यकालमा एकपटक आत्महत्याको कोशिस गरेका थिए । उनले आफ्नो आत्मकथा ‘सत्यको प्रयोग’ मा सो घटनाबारे उल्लेख गरेका छन् ।   

उनले लेखे अनुसार उनलाई बाल्यकालमा बिँडी पिउने लत लागेको थियो । वाल्यकालमा बिँडि किनेर खाने पैसा उनीसँग हुँदैनथ्यो । उनका काका बिँडी पिउँथे त्यसकारण उनले फालेको बिँडीको ठुटो छानेर गान्धी र उनको आफन्तले आफ्नो तलतल मेटाउँथे । तर ती ठुटा पनि भनेको समयमा पाइँदैनथ्यो र त्यसबाट अत्यधिक धुँवा आउँथ्यो । 

बिँडी पिउने लत लागेपछि उनलाई लाग्यो कि जे कुरापनि उनले ठूलालाई सोधेर मात्र गर्नुपर्छ । आफ्नो मर्जीले केही पनि गर्न पाउँदैनन् । यसबाट उनी आजित भए र आत्महत्या गर्ने निर्णय लिए । अब प्रश्न यो थियो कि आत्महत्या कसरी गर्ने, यसका लागि उनले धतुरोको दानालाई छाने । 

Image result for महात्मा गांधी

उनी लेख्छन्, ‘मलाई दुःख यो कुराको थियो कि ठूलाको आज्ञाबिना म केही पनि गर्न सक्दिनथेँ । मलाई वाक्क लाग्यो र आत्महत्या गर्ने निर्णय गरेँ । मैले धतुरोको बियाँ खाँदा मृत्यु हुन्छ भन्ने सुनेको थिएँ । मैँले जंगलमा गएर बियाँ लिएर आएँ र बेलुका खाने निश्चित गरेँ ।’   

त्यसपछि उनले केदारनाथजीको मन्दिरको दिपमालामा घ्यू चढाए, दर्शन गरे र एकान्तको खोजी गरे । तर विष खाने आँट आएन । तत्काल मृत्यु नभए के गर्ने ? मर्दा के लाभ हुन्छ ? पर निर्भरतालाई नै किन सही नठान्ने भनेर सोच्न थाले । सोच्दासोच्दै दुई–चारवटा बियाँ खाए । धेरै खाने हिम्मत नै आएन ।   

‘मृत्युदेखि डर लाग्यो त्यसकारण रामजीको मन्दिर गएर दर्शन गरेर शान्त हुने र आत्महत्याको कुरा बिर्सने निर्णय गरेँ’, उनले आत्मकथा ‘सत्यको प्रयोग’ मा लेखेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *