कश्मीरमा फेरि हमला, दुई जनाको मृत्यु

कार्तिक ८, नयाँ दिल्ली । भारत प्रशासित कश्मीरको शोपियाँमा भएको एक संदिग्ध चरमपन्थी हमलामा दुई ट्रक ड्राइभरको मृत्यु भएको छ । 

श्रीनगरमा भएको बीबीसी संवाददाता रियाज मसरुरका अनुसार यी ट्रक ड्राइभर स्याउ लोड गर्न आएका  थिए । पछिल्लो दुई हप्तामा यस्तो प्रकारको यो तेस्रो हमला हो । अहिलेसम्म कुनै चरमपन्थी समूहले यो हमलाको जिम्मेवारी लिएको छैन । 

पुलिसका अनुसार राजस्थान, पंजाब र हरियाणाबाट आएका तीन ट्रकमाथि शोपियां जिल्लाको चित्रा गाउँमा स्याउ भरिरहेका थिए । 

यतिबेला संदिग्ध चरमपन्थीले गोलीबारी गरे । 

पुलिसका अनुसार मारिएका दुई ड्राइभरमध्ये एकको पहिचान राजस्थानको अलवरमा बस्ने इलियास खानको रुपमा भएको हो जबकी दोस्रो मृतक ड्राइभरसँग कुनै परिचय पत्र भेटिएको छैन । 

पञ्चाबको होशियारपुरमा बस्ने जीवन सिंह नामका एक अर्का ड्राइभर उक्त हमलामा घाइते भएका छन् । जीवन सिंहलाई अस्पतालमा भर्ना गरिएको छ । 

शोपियांमै बस्ने शीरमाल इलाकामा अक्टोबरमै पहिलो हमला भएको थियो । यो हमलामा राजस्थानको अलवरमै बस्ने शरिफ खान नामका ड्राइभरको मृत्यु भएको थियो । 

पछिल्लो दुई हप्ताभित्र पंजाबबाट आएका दुई स्याउ व्यापारीमाथि पनि हमला भएको थियो । यसमा चरणजीत सिंह नामका व्यापारीको मृत्यु भएका थियो जबकी संजीव कुमार नामका व्यापारी घाइते भएका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *