१८ लाख अमेरिकी डलर बराबरको हीरा चोरी

  

  

कार्तिक ९ टोकियो ।  जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । 

Image result for हीरा चोरी

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।  योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हिरा चोरिएको हो । 

 यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए ।  जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हिरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *